मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु


लमही । दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट लमही नगरपालिका वडा नम्बर ८ गणेशपुरका ५५ वर्षीय भिमसेन थारुको मृत्यु भएको हो । 

मुगुबाट काठमाडौँ जाँदै गरेको बा ३३ प ३६३४ नम्बरको मोटरसाइकलले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-८ सतबरीयामा साइकल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । 

ठक्करबाट घाइते थारुको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै, मोटरसाइकल चालक रसुवा कालिकास्थान नगरपालिका-५ का २३ वर्षीय राजेश देवकोटा घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते देवकोटलाई लमहीमा प्राथमिक उपचार गरेर थप उपचारको लागि नेपालगन्ज रेफर गरिएको छ ।

मोटरसाइकलको पछाडि बसेका संखुवासभा पाँचखपन नगरपालिका-७ का २३ वर्षीय सुदिप थापासमेत घाइते घाइते हुनुभएको छ ।
उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार
प्रतिक्रिया दिनुहोस