
दाङ । तुलसीपुर नगर स्तरीय प्रथम नवयुथ कप पुरुष भलिबल प्रतियोगिता २०८० को उपाधी तुलसीपुर उपमहानगरपालिका वडा न ३ ले जितेको छ।
तुलसीपुर उपमहानगरपालिका वडा न १ को आयोजना तथा नवयुथ क्लब तुलसीपुर १ को समन्वयमा तुलसीपुर १ भमके छोटेमा आइतबार सम्पन्न फाईनल खेलमा वडा न १ लाई ३–२ अर्थात २५–१३,१९–२५,२२–२५,२५–१६,१५–७ को सेटमा पराजित गर्दै वडा ३ ले उपाधी जितेको हो ।
उपाधीसँगै उसले नगद ४० हजार, ट्रफी, मेडल, प्रमाणपत्र हात पार्यो । फाईनलमा सम्मानजक हार ब्यहोरेको वडा १ उपबिजेतामा सीमित रहदै नगद २० हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य ब्यक्तिगत बिधातर्फ सर्बोउत्कृष्ट खेलाडी वडा ३ का ओम प्रकाश मल्ल भए । उनले नगद १ हजारका साथमा ट्रफी हात पारे ।
त्यस्तै वेष्ट स्पाईकर वडा १ का दिनेश सुनार, वेष्ट सर्भर वडा ३ का रमेश प्रकाश मल्ल र वेष्ट ब्लकर वडा १ का टीकाराम वलीलाई जनही ५ सयका दरले नगद पुरस्कार तथा ट्रफी प्रदान गरिएको थियो ।
प्रतियोगिताको समापन समारोह नवयुथ क्लबका अध्यक्ष वालकृष्ण धितालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा १ का अध्यक्ष हुमकान्त साप्कोटाको प्रमुख आतिथ्य एवं दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेतको विशिष्ट आतिथ्यमा भएको थियो ।
सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा १ का अध्यक्ष हुमकान्त साप्कोटा, दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत, तुलसीपुर उपमहानगरपालिका वडा १ का सदस्य मेघराज सोनी, नवदुर्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बासुदेव जैसी लगायतले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन क्लबका सल्लाहकार कोमल डिसीले गरेका थिए ।