बबई कप टि२० क्रिकेट प्रतियोगिताको तयारी तीव्र

दाङ। दाङको बबई गाउँपालिकामा यहि कात्तिक १८ गतेदेखि सुरु हुने बबई कप टि२० क्रीकेट प्रतियोगिता २०८० को तयारी तीब्र पारिएको छ ।

दाङ जिल्ला क्रिकेट संघको वार्षिक क्यालेन्डर अनुसार पुरन्धारा क्रिकेट क्लबको आयोजनामा पश्चिम दाङको बबई गाउँपालिका ३ हंसपुर क्रिकेट मैदानमा हुने प्रतियोगितालाई सार्थक र परिणाममुखी बनाउन यतिबेला टिम दर्ता, प्रचारप्रसार, खेलमैदान मर्मत, पिच निर्माण, आर्थिक ब्यबस्थापन लगायतका पक्षलाई तीव्र पारिएको क्लबका अध्यक्ष तथा खेल संयोजक बालकृष्ण खत्रीले जानकारी दिए ।

क्रिकेट खेलको बिकास र बिस्तारसंगै नवप्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको बिजेताले नगद पचास हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपबिजेताले नगद पच्चीस हजार सहित ट्रफी, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगिताको सर्बोउत्कृष्ट खेलाडीले नगद ८ हजार साथमा ट्रफी, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान नगद पाँच-पाँच हजार सहित ट्रफी, प्रमाणपत्र हात पार्नेछन भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय रुपैयाँ प्रदान गरिने संयोजक खत्रीले जानकारी दिए ।

प्रतियोगितामा कुल ६ टिम बिच कडा प्रतिस्पर्धा हुने र सहभागि टिमहरुलाई २ समुहमा विभाजन गरेर लिग प्रणाली बाट खेल खेलाईनेछ । त्यस्तै प्रत्येक टिममा २ जना अन्डर १६ का खेलाडी अनिवार्य समावेश गर्नुपर्ने र ३ जना जिल्ला बाहिरका खेलाडीलाई समावेश गर्न सकिनेछ ।

प्रत्येक ग्रुपबाट उत्कृष्ट खेल खेल्ने २-२ टोलि सेमिफाइनलमा प्रवेश गर्नेछ्न । ग्रुप ए को बिजेताले ग्रुप बि को उपविजेता संग र ग्रुप बि को बिजेताले ग्रुप ए को उपबिजेतासँग सेमिफाइनल खेल्नेछन् ।

कार्तिक २२ गतेसम्म संचालन हुने प्रतियोगितामा पुरन्धारा क्रीकेट क्लव बबई, श्री त्रिसिध्देश्वरी स्पोर्ट्स क्लब तुलसीपुर, घोराही क्रिकेट एकाडेमी, दाङ क्रिकेट लिग खेलेको टिम पुरन्धारा च्यालेन्जर्स, गुरुकुल क्रिकेट एकाडेमी घोराही र राप्ती गाउँपालिका क्रिकेट टिमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस