तुलसीपुर । तुलसीपुरमा विद्यालय गएका एक बालक तीन दिनदेखि सम्पर्कविहीन छन् ।
रोल्पाको त्रिवेणी गाउँपालिका बुढागाउँ घर भइ हाल दाङको तुलसीपुर उपमहानगरपालिका – २ खैरीपुर मामाको घरमा बस्दै आएका १४ बर्षीय प्रदीप केसी तीन दिनदेखि सम्पर्कबिहिन हुनुभएकाे हाे ।
स्थानीय जनप्रेमी सेकेन्डरी बोर्डिङ स्कूल बालापुरमा कक्षा ८ मा अध्यनरत केसी कात्तिक १२ गते बिहान साढे ९ बजेतिर मामा घरबाट विद्यालय जान भनेर हिडेको र हालसम्म सम्पर्कमा नआएकाे केसीका मामा शोभाराम डाँगीले बताउनुभयाे ।
कात्तिक १३ गते हिजाे इलाका प्रहरी कार्यालय तुलसीपुरमा मामा शोभारामले भान्जा प्रदीपको खोजी कार्यमा सहयोग गरिदिन आग्रहका साथ प्रहरीमा लिखित निवेदनसहित आग्रह गरेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पाेखरेलले बताउनुभएको हाे ।
प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार


