
काठमाण्डौ । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी नै पक्राउ परेका छन् ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी सोमबार अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरिएको हाे ।
उनीसँगै अर्का एक व्यक्ति समेत पक्राउ गरेको पनि उहाँको भनाइ छ । पक्राउ परेका अर्काको परिचय भने नखुलाईएको प्रहरीले जनाएको छ ।
मानव बेचबिखनका गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भ्रमण भिसामा नागरिकलाई विदेश पठाउने कार्यमा उनको संलग्नता भएको पाइएको अनुसन्धानमा देखिएको प्रहरीले दाबी गरेको छ ।
प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार