इजरायलमा मारिएका थप दुई नेपालीको शवको पहिचान खुल्यो ।


काठमाण्डौ । दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी मृत्यु भएका मध्ये थप दुई नेपालीको शवको पहिचान खुलेकोे छ ।

दक्षिणी इजरायलमा गत अक्टोबर ७ मा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

उनीहरुमध्ये मधुवन-१ सुनसरीका राजेशकुमार स्वणर्कार र सपही -६ धनुषाका अनन्द साहको शव पहिचान हुन बाँकी थियो ।

दुबैको शवको पहिचान खुलेको तेल अबिबस्थित नेपाली दूताबासले जनाएको छ ।

सोमबार साँझ दूताबासले जारी गरेको वक्तव्यमा ‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ ।’ भनिएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस