
तुलसीपुर । तलसीपुर १३ बखरीयाका मिठ्ठुको बादीको घर बाढीले बगाएको झण्डै दश वर्षपछि निमाणर् भएको छ ।
२०७१ सालमा बबई नदीमा आएको बाढीले मिठ्ठुलगायत त्यहाँका ६४ घरधुरीका नागरिक विस्थापित भएका थिए ।
त्यसबेला देखि मिठ्ठुको परिवार त्रिपाल र जस्ता पाताले घेरबार गरेको घरमा बस्दै आएका थिए ।
आर्थिक अवस्था कमजोर भएका उहाँको ९ वर्षपछि १३ नम्बर वडाको लगानीमा घर निर्माण भएको हो ।
निर्माण सम्पन्न भएको घरको आज (सोमबार) राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले हस्तान्तरण गर्नुभएको हो ।
उहाँले विपत्तिमा परेकालाई सबैले सक्दो सहयोग गर्नुपर्ने बताउनु भएको छ ।
आपत विपत जतिबेला पनि आइपर्ने भन्दै उहाँले कुन समुदाय र कुन ब्यक्तिलाई भन्दा पनि मानवियताको हिसावले सहयोग गर्नुपर्ने बताउनुभयो । दुःख पिडा र अभाव दिनदुखी र गरिब दलितलाई मात्र पर्छ भन्ने मानसिकता हटाएर सबैले एक भएर सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
त्यस अबसरमा तुलसीपुर उपमहानगरका मेयर टिकाराम खड्काले उपमहानगरले मिठ्ठुको घर निमाणर्मा लागेको टिनको खर्च बेर्होने बताउनुभयो ।
दलित, गरिब र पिछडिएका दुखीहरुमाथी आफ्नो सार्मथ्यले भ्याउन सक्ने सहयोग सबैले गर्नुेपर्ने बताउनुभयो ।
यस्तै उपमेयर स्यानी चौधरीले आफ्नो जिवनलाई सजिलो र अप्ठेरोमा पार्ने कुरा आफ्नो हातमा भएकाले सहज जिवनशैली बनाउनुपर्ने सुझाव दिनुभयो ।
आर्थिक अवस्था कमजोर भएका ब्यक्तिलाई वडाले गरेको यो कार्य प्रशंसनिय भएको उहाँको भनाइ छ ।
यस्तै वडा नम्बर १३ का वडा अध्यक्ष मोहन पौडेलले वडा र विभिन्न सहयोगीबाट झण्डै चार लाख लागतमा मिठ्ठुको घर निमाणर् भएको जानकारी दिनुभयो ।
उहाँले निर्माण भएको घरमा अझै भित्रका कोठामा पलस्तर गर्न बाँकी रहेको बताउनुभयो ।
आगामी दिनमा वडाले अभियानकै रुपमा यस्तै घरबार बिहिन भएकालाई घाम पानी ओत्ने घरको छानोमूनि बस्ने ब्यवस्था गर्ने बताउनुभयो ।
उहाँले बाढीमा विस्थापित अधिकांशले घर निमाणर् गरेको र आर्थिक अवस्था कमजोर भएका अझै दुई घर बाँकी रहेकाले त्यतातिर पनि ध्यान दिने बताउनुभयो ।
यसैगरी मिठ्ठुको घर पलस्तर गर्नका लागि तुलसीपुर उपमहानगरका इन्जिनियर पवन योगीले सिमेन्ट किन्नको लागि नगद पाँच हजार सहयोग गर्नु भएको छ ।
यस्तै स्थानीय समाजसेवी पुष्पराज गिरी र ठाकुर डिसीले ढुङ्गा गिट्टी सहयोग गर्नु भएको छ भने घर बनाउने मिस्त्रिलाई ज्याला पत्रकार देवीराम कुसारीले सहयोग गर्नु भएको छ ।
यस्तै घर निर्माण भएपछि मिठ्ठुको परिवार खुशी भएका छन् । दश बर्षको कष्टकर जीवन बिताएका उनिहरुले नयाँ घर पाएपछि वडा र सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।