लाईन काट्ने अभियान आज पनि जारी


तुलसीपुर  । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले अभियानकै रुपमा लाइन काट्न सुरु गरेको छ ।

कार्यालयले हिजोदेखि विभिन्न स्थानमा विद्युत कटौती गर्न सुरु गरेको हो ।

विभिन्न सञ्चार माध्यमबाट बक्यौता रकम बुझाउन सेवाग्राहीलाई सचेत गराएपनि विद्युत महशुल नतिरेपछि हिजोदेखि लाइन काट्न सुरु गरेको विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख शिव गोशेलीले जानकारी दिनुभयो ।

आज १६ जना ग्राहकबाट १ लाख ९ हजार २ सय ७ रुपैयाँ ३२ पैसाको बक्यौता उठ्न बाँकी रहेका ग्रहाकको लाइन काटिएको हो ।

लाइन काटिएका सेवाग्राही मध्य १२ जनाले आजै विद्युत महशुल तिरेर पुनः लाइन जोडेको प्रमुख गोशेलीले बताउनुभयो ।

१२ जना उपभोक्ताबाट २ लाख ३३ हजार २ सय ९४ रुपैयाँ ४४ पैसा असुली भएको छ ।

अन्य लाइन काटिएका ग्राहककाे हकमा विद्युत महशुल तिरेपछि मात्रै विद्युत लाइन सुचारु गरिने प्रमुख गोशेलीले बताउनुभयो ।

तुलसीपुर वितरण केन्द्रमा ३ करोड बढि रकम उठ्न बाँकी रहेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस