शौचालयबाट फरार कैदी रझेनाबाट पक्राउ

घाेराही । दाङमा उपचार गर्न अस्पताल पुगेका एक कैदी भाग्ने क्रममा पक्राउ परेका छन् । चोरी अभियोगमा पक्राउ परेका घोराही १४ चौघेरा घर भइ बसपार्कमा बस्दैका १८ बर्षिय बिपिन भन्ने विवेक नेपाली पक्राउ परेका हुन् ।

आज बिहान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्षयरोगको उपचार गर्न गएको समयमा शौचालय गएका नेपाली अस्पतालको पर्खालबाट हाम फालेर भागेका थिए । पाँच जना सुरक्षाकर्मीसहित अस्पताल पुगेका उनि भागेपछि उनको खोजी तीब्र पारिएको थियो । 

अस्पतालबाट भागेका नेपालीलाई खोजतलास गर्दै जादा घोराही १७ रझेनाबाट करिब दिउँसो १२ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस