
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आज (आइतबार) दुई वटा विधेयक पेस भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत भएको छ भने ‘भन्सार विधेयक, २०८०’ पनि प्रस्तुत भएको छ ।
दुवै विधेयक अर्थमन्त्री डा. प्रकाशशरण महतको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेका हुन् ।
त्यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले संसदका दुवै सदनलाई कार्तिक १४ गते मङ्गलवार अपराह्न ४ बजे सम्बोधन सम्बन्धी जानकारी संसदलाई गराए ।
प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार