
तुलसीपुर । किवानिज क्लब इन्टरनेशनलको एक दिवसिय कार्यक्रम अन्तर्गत आज दाङको तुलसीपुरमा वृक्षारोपन तथा बालबालिकालाई पोषणयुक्त खानेकुरा वितरण गरेकाे छ ।

किवानिज क्ल्ब लुम्बिनी प्रदेशका गभर्नर भुपाल रावतको अध्यक्षता र शान्तिपार्क गणेशपुरका अध्यक्ष डिल्ली भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
किवानिज क्लब लर्ड बुद्धका अध्यक्ष वंशिकुमार शर्माले स्वागत तथा उद्देश्य माथि प्रकाश पार्नुभएकाे हाे ।
प्रमुख अथिती भण्डारीले किवानिज क्लबले गरेको कार्यक्रमको प्रशंसा गर्नु भएको थियो । दाङका ७ वटा किवानिज क्लबहरुको संयुक्त आयोजनामा भएकाे कार्यक्रममा आयुर्वेदिक प्रजातीका निम र फुलका बिरुवा रोपिएको थियो ।
बिरुवा र फुलको सौजन्य तुलसीपुर -९ स्थित नेचुरल एग्रो एण्ड नर्सरीका संचालक बुद्धिराज पौडेलले गर्नु भएको थियो ।
यसैबीच दामोदर भण्डारीको अध्यक्षतामा १९ सदस्यीय किवानिज क्लब अफ बबई गठन भएको छ ।

किवानिज क्लब अफ लर्ड बुद्ध होस्ट क्लब भएर उक्त क्लब गठन भएको हो ।
कार्यक्रमको सहजीकरण किवानिज क्लब लर्डका सचीव दामोदर बस्नेतले गर्नु भएको थियो ।