
रुकुमपश्चिम । रुकुमपश्चिममा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ ।
शनिबार आज बिहान घाँस काट्न गएकी सानीभेरी गाउँपालिका–६ छहरा गाउँकी ३५ वर्षीय धनसरी केसी देवकोटाको घाँस काट्नेक्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
सानीभेरी गाउँपालिका–६ का वडा अध्यक्ष पहलसिंह घर्तीका अनुसार स्थानीय छहरे भिरबाट लडेर उहाँको मृत्यु भएको हो ।
घाँस काट्ने क्रममा करिब चारसय मिटर माथिबाट लडेको र घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष घर्तीले बताउनुभयो ।
प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार