
दैलेख । घाँटीमा मासु अड्किएर दैलेखमा आज एक जनाको मृत्यु भएको छ ।
घरमा मासु खाँने क्रममा घाँटीमा अड्किएर नौमूले गाउँपालिका–६ माथिल्लो नाउलीका मस्टो देउताका धामीका रूपमा परिचित ३९ वर्षीय दलबहादुर विकको मृत्यु भएको वडा सदस्य खगिसरा विकले जानकारी दिनुभएको हाे ।
त्यस्तै उहाँले दशैमा मासु खादा ध्यान पुर्याउन आग्रह समेत गर्नुभएकाे छ ।
प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार