मामा घर आएकी बालिका पाँचदिनमै अस्ताईन


तुलसीपुर  ।  दाङमा मामाकाे घर आएकी एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङखोलाका सुन्तली खड्काकि अन्दाजी ७ वर्षिय छोरी समिक्षाको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो । 

समिक्षाको तुलसीपुर-७ र १६ को सिमानामा पर्ने ग्वारखोलाको मलवारे कुलोको बाँध नजिकै तुलसीपुर उपमहानगरपालिकाले नदिजन्य पदार्थ उत्खनन गरेको खाल्डोको पानीमा डुबेको तुलसीपुर -७ का  अध्यक्ष रामबहादुर जिसीले जानकारी दिनुभयो ।

मृतक समिक्षा ४/५ दिनअघिमात्रै मामा घर आएकाे बुझिएकाे छ ।  मृतक  समिक्षासहित अन्य  तीन जना बालबालिका आइतबार दिउँसो करिब २ बजेतिर खाल्डोमा नुहाउन गएका थिए । 

पानीमा डुबेका मृतक समिक्षाका भाई अन्दाजी ३ वर्षिय अनुप खड्का र तुलसीपुर-७ बसन्तपुरका ११ वर्षिय प्रेम बस्नेत भने सकुसल रहेको तुलसीपुर -७ का वडा अध्यक्ष जिसीले जानकारी दिनुभयो ।

मृतक समिक्षाकि आमा छोरी र छोरालाई मावली हजुरआमाको घरमा छोडेर धान काट्न राजपुरमै जानुभएको थियो । मृतक समिक्षाको पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस