७ सय ५० बढी खसिबोका निर्यात


तुलसीपुर  । दशैँ तिहारका लागि दाङबाट ७ सय ५० बढि खसीबोका काठ्माण्डौ निर्यात भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी मूख्य शाखा कार्यालय तुलसीपुरले दशैं तिहारका लागि चार दिनमा ७ सय ५० बढि खसीबोका काठमाडौं पठाएको हो ।

कम्पनीले आइतबारदेखि खसिबोका खरिद गरि रहेकोे छ । खाद्यले आइतबार १ सय ६८ , सोमबार २ सय, मंगलबार १ सय ९६ र बुधबार  १ सय ९० गरि ७ सय ५५ खसीबोका काठमाडौं पठाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मूख्य शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारले बताउनुभयो ।

प्रमुख सुनारले आज कार्तिक २ गतेसम्म खसीबोका खरिद गर्ने भनिएपनि केन्द्रको माग पुरा भईसकेका कारण हाललाई खरिद  बन्द गरिएको बताउनुभयो ।


कार्यालयले यसवर्ष दाङबाट सात सय खसीबोका खरिद गर्ने भनिएपनि ७ सय ५५ खसीबोका खरिद गरेर काठमाडौ पठाएको छ ।


गतवर्ष दशैँतिहारका लागि दाङबाट १ करोड १२ लाखको खसीबोका काठ्माण्डौ पठाएको खाद्यले यसवर्ष १ करोड २० लाखको खसीबोका निर्यात गरेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस