कम्पनीले एकैदिनमा करिब दुइसय खसिबोका खरिद गर्‍यो


तुलसीपुर । दशैँका लागि दाङबाट ५ सय बढि खसीबोका काठ्माण्डौ निर्यात भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी मूख्य शाखा कार्यालय तुलसीपुरले दशैं तिहारका लागि तीन दिनमा ५ सय बढि खसीबोका काठमाडौं पठाएको हो ।

कम्पनीले गत आइतबारदेखि खसिबोका खरिद गरि रहेकोे छ । खाद्यले आइतबार १ सय ६८, सोमबार २ सय र मंगलबार १ सय ९६ गरि ५ सय ६४ खसीबोका काठमाडौं पठाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मूख्य शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारले बताउनुभयो ।

प्रमुख सुनारले भाेली २ गतेसम्म खसीबोका खरिद गर्ने बताउनुभयो । कार्यालयले यसवर्ष दाङबाट सात सय खसीबोका खरिद गरेर काठमाडौ पठाउने छ ।

गतवर्ष दशैँतिहारका लागि दाङबाट १ करोड १२ लाखको खसीबोका काठ्माण्डौ पठाएको खाद्यले यसवर्ष १ करोड २० लाखको खसीबोका निर्यात गर्ने योजना बनाएको छ ।

खाद्यले जिउँदो खसीको मूल्य २५ केजीभन्दा माथिका प्रतिकिलो ५ सय ६२ रुपैयाँ तोकेको छ ।

यस्तै २० देखि २५ केजीसम्मको खसी प्रतिकिलो ५ सय ४५ रुपैयाँ र १८ केजी भन्दा माथिको बोका प्रतिकेजी ५ सय ४२ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १ गते बुधवार
प्रतिक्रिया दिनुहोस