
तुलसीपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले दशैंका लागि खरिद गरेका ३ सय बढि खसीबोका काठमाडौं पठाएको हो । कम्पनीले हिजोदेखि खसिबोका खरिद गरि रहेकोे छ ।
खाद्यले हिजो १ सय ६८ र आज २ सय गरि ३ सय ६८ खसीबोका काठमाडौं पठाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमीटेड मूख्य शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारले बताउनुभयो ।
भोलि पनि खरिद गरिने प्रमुख सुनारले बताउनुभयो । कार्यालयले यसवर्ष दाङबाट सात सय खसीबोका खरिद गरेर काठमाडौ पठाउने तयारी गरेको हो । प्रमुख सुनारका अनुसार जिउँदो खसीको मूल्य २५ केजीभन्दा माथिका प्रतिकिलो ५ सय ६२ रुपैयाँ तोकिएको छ ।
यस्तै २० देखि २५ केजीसम्मको खसी प्रतिकिलो ५ सय ४५ रुपैयाँ र १८ केजी भन्दामाथिको बोका प्रतिकेजी ५ सय ४२ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
कम्पनीले पहिलो चरणमा हिजोदेखि खरिद गर्न सुरु खसीबोका आउदो कार्तिक २ गतेसम्म गर्ने छ ।