बिजौरीलाई सुरक्षीत बनाउन  सिसि क्यामरा र सडक बत्ति जडान हुने


बिजौरी । दाङको बिजौरीमा सिसि क्यामरा र सडक बत्ति जडान गरिने भएको छ ।

बजारलाई सुरक्षित बनाउनका लागि तत्काल सिसी क्यामरा र सडक बत्ति जडान गर्ने योजनामा रहेको बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्काले बताउनुभयो ।

उहाँले सिसी क्यामरा जडानका लागि पहल भइरहेको बताउनुभयो । 

बिजौरी बजारलाई सुरक्षित बनाउन अहिले पनि रातीमा चौकीदार राखिएको भन्दै आगामी दिनमा बजारलाई थप व्यवस्थित बनाउन सिसि क्यामरा जडान गरिने अध्यक्ष खड्काले बताउनुभएकाे हाे । 

बिजया दशमी तथा दिपावलीको अवसरमा संघले सोमबार गरेको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष खड्काले बजारलाई चलायमान बनाउन निरन्तर प्रयास गरिरहेको बताउनुभयो । 

उहाँले  व्यवसायी आर्थिक मन्दीको प्रभावमा  परेको समेत बताउनुभयो ।

आर्थिक मन्दीका कारण संघमा आवद्ध करिब ४० प्रतिशत व्यवसायी विस्थापित भएको उहाँको भनाई छ ।

उहाँले बैंकले कर्जामा व्याजदर बढाउँदा व्यवसायी झनै मारमा परेको बताउनुभयो । 

कार्यक्रममा संघका संस्थापक महासचिव तथा पूर्व अध्यक्ष मुकेश वलीले बिजोरी बजारलाई जोड्ने सडकखण्ड अन्तर्गत रानीवासमा पुल नहुँदा समस्या रहेको बताउनुभयो ।

 कार्यक्रमको सहजीकरण महासचिव दिपक कुमार बस्नेतले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० असोज २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस