बसको ठक्करबाट एक जनाको मृत्यु


भालुबाङ । काठमाण्डौबाट सुर्खेत जाँदै गरेको न ७ ख ५९७१ नं को राप्ती बसले ठक्कर दिंदा भालुबाङ पुलचोकमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा वाणगंगा नगरपालिका ४ कपिलबस्तु घर भई हाल भालुबाङ पुल्चोकमा व्यापार व्यवसाय गर्दै आउनु भएका २३ वर्षिय विजय खनालको मृत्यु भएको छ।

आज विहान ९ बजेको समयमा लु ९२ प ७५७४ नं को मोटरसाइकलमा सवार पूर्वपश्चिम राजमार्गको भालुबाङ पुल्चोकको उत्तर तर्फ रहेकाे ट्राफिक चेक पोस्ट नजिकैबाट जेब्रा क्रसिङ पार गर्ने क्रममा रात्री बसले एक्कासी ठक्कर दिंदा निजको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनालगतै प्रहरी र स्थानियहरुको पहलमा भालुबाङ अस्पताल लागिएको थियो ।

शव अहिले पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको इप्रका भालुबाङका प्रहरी निरीक्षक सुजल सिँह ठकुरीले जानकरी दिनु भएको छ।

त्यस्तै चालक र बसलाई ईलाका प्रहरी कार्यालय भालुबाङले नियन्त्रणमा लिएको समेत प्रहरी निरीक्षक ठकुरीले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस