
काठमाडाैँ । इजरायलमा मृत्यु भएका नेपाली नागरिकको शोकमा सरकारले मंगलबार राष्ट्रिय शाेकको घाेषणा गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय शाेककाे घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभएकाे हाे ।
उहाँका अनुसार सरकारले इजरायलमा मृत्यु भएका १० जनाका परिवारलाई प्रति परिवार १० लाखका दरले राहत उपलब्ध गराउने समेत निर्णय गरेको छ ।
प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार