तुलसीपुर । प्रदेशपत्रकर्मी मनोज कुमार आचार्यले आफ्ना बुवाको पुण्य तिथिको अवसरमा मानव सेवा आश्रममा आश्रित नागरिक र क्यान्सर पिडितलाई सहयोग गर्नुभएको छ ।

तुलसीपुर १० निवासी आचार्यले आफ्नो बुवा तुल्सीराम उपाध्यायको तिथिको अवसरमा तथा स्वर्गिय दिदी बन्दना आचार्यको सम्झनामा तुलसीपुर ६ गाईडहरमा रहेको मानवसेवा आश्रममा आश्रित बेसहाराहरुलाई बिहानको नास्ता सहयोग गर्नुभएको हो ।

नास्ता सहयोग गर्दै उहाँले भोका रहेकालाई सहयोग गर्नु हरेक मानवको दायित्व भएको बताउनुभयो ।
यस्तै तुलसीपुर ६ गोलौराका क्यान्सर पिडित जानका बुढाथोकी भण्डारीका परिवारलाई एक हजार पाँच रुपैया आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।

तिथिको अवसरमा हुने फजुल खर्च कटौति गरेर आश्रममा आश्रित व्यक्तिहरु र क्यान्सर पिडित भण्डारीको परिवारलाई सहयोग गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै तुलसीपुर ६ गोलौराका भण्डारीलाई सहयोग प्रदान गर्दै उहाँले आफुले प्रदान गरेको रकम सानो भएपनि बिरामीको परिवारलाई थोरै भएपनि राहतको महसुस हुने विश्वास व्यक्त गर्नुभएको हो ।
उहाँले आफुले आफ्ना बावुको पुण्य तिथीमा सहयोग गर्न पाउदा आफुलाई खुसी लागेको बताउनुभयो ।


