मुख्य चोकमै गाडी अड्कियाे……


तुलसीपुर । 
तुलसीपुरको बिरेन्द्र चोकमै ट्रक रोकिएपछि सवारी आवागमनमा समस्या भएको छ ।

चोक साघुँरो भएका कारण टर्निङ नपुगेर ट्रक बिच सडकमै रोकिएको हो ।

 चोकमै ट्रक रोकिएपछि दुर्घटना हुन सक्ने संभावित अबस्थालाई मध्यनजर गरेर थप ट्राफिक प्रहरी परिचालन गरिएको छ । 

ट्रक निकाल्ने काम भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्रकको पट्टा भाँचीएकाले पनि समस्या भएको छ । ट्रकलाई निकाल्ने कोशिस भइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० असोज २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस