सल्यान । सल्यानमा बस दुर्घटना हँुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालीका वडा नं ६ का ३१ वर्षिय सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका-६ का ४० वर्षिय अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिनुभयो ।
दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको दिउसो करिब साढे ३ बजेतिर अर्को गाडीलाई साईड दिने क्रममा बस कपुरकोट गाउँपालिका -३ मुलपानी नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएका छन् । बसमा करिब १७ जना जति यात्रुहरु रहेको र केहि शकुसल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी कार्काले बताउनुभयो ।
घाईते सबैलाई उपचारका लागि दाङ ल्याईएको उहाँले बताउनुभयो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।