सल्यानमा यात्रुबहाक बस दुर्घटना :दुई जनाको मृत्यु


सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाकाे मुलपानी नजिकै यात्रुबहाक बस दुर्घटनामा परेको छ । दुर्घटनामा परि दुईजना महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

शनिबार दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस मुलपानी वनस्पति कार्यालय नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएको मुलपानी वनस्पती कार्यालयका प्रमुख मित्र पाठकले  बताउनुभयाे ।


उहाँका अनुसार २ जना महिलाको घटनास्थलमै मृत्युु भएको र उनिहरुको पहिचान खुलेको छैन् ।

आफुहरु अहिले घाइतेहरुको उद्धार गरिहरकोले घटनाकाे विवरण केहि समय पछि आउने उहाँको भनाई छ ।

घटना स्थलमा प्रहरी चौकी कपुरकोटबाट प्रहरी पुगेर उद्धार गरिरहेको छ । बसमा करिब १६ जना  यात्रुहरु रहेको र केहि शकुसल रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस