नेपालगञ्जमा जादै हुनुहुन्छः सजग हुनुहाेस है !


नेपालगञ्ज  ।
जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा फेरि कर्फ्यु आदेश जारी गरेको छ ।

गत मंगलबारबाट लगाइएको कर्फ्यु हिजो बिहिबार आंशिक रुपमा खुकुलो बनाइएको थियो ।

तर सामाजिक सञ्जालमा मुस्लिम समुदायमाथि लक्षित गरेर लेखिएको स्टाटसप्रति पुन बिवाद भएपछि स्थानीय प्रशाशनले फेरि कर्फ्यु आदेश जारी गरेको हो ।


गत आइतबारयता नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो । हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक पनि गरेको थियो ।

शुक्रबार आज बिहान ६ बजेबाट बेलुका ८ बजेसम्म आदेश जारी गरेको छ ।


कुनै ब्यक्तिले सामाजिक सञ्जालमा मुस्लिम समुदायप्रति लक्षित गरेर स्टाटस लेखेको विषयलाई लिएर नेपालगञ्जमा तनाव उत्पन्न भएको हो ।

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस