आज लुम्बिनी सहित यी प्रदेशमा बर्षा, मनसुन बाहिरिन केही दिन लाग्ने

दाङ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेका जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको महाशाखाकाे भनाइ छ ।

मंगलबार देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै, राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश,  बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साधारणतया अक्टाेबर २ मा नेपालबाट मनसुन बाहिरिने भएपनि यस पटक केही दिन ढिला गरी मनसुन सकिने महाशाखाले जनाएकाे छ ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस