बस दुर्घटना हुँदा १४ यात्रु घाइते


दाङ । 
दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस आज विहान ५ बजेतिर दुर्घटनामा परेको हो । 

पूर्व-पश्चिम राजमार्गको बबईसोता पुलको साइडमा बस दुर्घटनामा परेको हो ।

बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमख प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताउनुभयो । 

घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक रामेछाप सुनपति गाउँपालिका ३ का ३३ बर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बसमा १६ जना यात्रु थिए । ति मध्ये दुई जनालाई सकुसल उद्दार गरिएको हाे ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस