फेरि बढ्याे ईन्धनको मूल्य, ग्यासमा मात्रै दुई सय बढिले मूल्य बृद्धि


काठमाण्डाै ।
नेपाल आयल निगमले ईनधनको मूल्य वृद्धि गरेको छ । निगमको हिजो बसेको संचालक समितको बैठकले गएरातिदेखि लागू हुनेगरी ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ, पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

त्यसै गरी हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

मूल्यवृद्धिसँगै एक सिलिन्डर ग्यासको २ हजार १ सय १० पुगेको छ ।

त्यस्तै पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो बर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

त्यस्तै आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ ।

बढेको मूल्य गएराति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ । हेर्नुहाेस मूल्यसुचि

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस