जिप दुर्घटना हुँदा १६ जना घाइते


सल्यान । 
सल्यानमा जिप दुर्घटनामा परेको छ । छत्रेश्वरी-५ लेखपोखरबाट शारदा नगरपालिका वडा नम्बर १२ कागखोलातर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ तिर्पोलेको भित्रि कच्ची सडकखण्डमा दुर्घटनामा परेको हो ।

जिप सडकबाट खस्दा जिपमा सवार १६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिनुभयो । 

घाइतेलाई उपचारका लागि श्रीनगरतर्फ पठाइएको उहाँले बताउनुभयो । जिप सडकबाट करिब ६० मिटर तल खसेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस