
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ कोठरीमा बस्दै आएकी कुमारी रोका बिहीबार विहानदेखि सम्पर्क विहीन भएकी छिन् ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ कुसुम घर भएकी ७३ वर्षीया रोका विगत ७ महिनादेखि कोठरीमा छोरीको घरमा बस्दै आएकी थिइन् । बिहीबार बिहान ६ बजेको समयमा घरमा कसैलाई केही नभनी निस्किएको र अहिलेसम्म कहाँ गएको भनि कुनै पत्ता नलागेको उनका छोरा सागर रोकाले जानकारी दिए ।
सबै आफन्त कहाँ बुझ्दा कतै पनि नभेटिएको र अहिलेसम्म आमाको बारेमा केही पत्ता नलागेको रोकाले बताए । आमाको स्वास्थ्य अवस्था पनि सामान्यनै रहेको उनले बताए । साथै रोकाले आफ्नो आमालाई कसैले देखे वा भेटेमा नजिकैको प्रहरी कार्यालय अथवा ९८४९७७४४५२ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।
प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार