
घाेराही ।
दाङमा मोटरसाइकलमा आगजनी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १० सौडिकुलाका ३२ बर्षीया मिना चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार चौधरीलाइ घोराही उपमहानगरपालिका १८ पुष्पाञ्जली टोलका बिराज चौधरीको रा.२ प १५९३ नम्बरको मोटरसाइकलमा आगजानी गरेको अभियोगमा हिजो दिउँसो पक्राउ गरिएको हो ।
लेनदेनको बिषयलाई लिएर चौधरीले उक्त मोटरसाइकलमा आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी, स्थानीय र दमकलको सहयोगमा मोटरसाइकलमा लागेको आगो नियन्त्रणमा लिएको होे ।
आगजनीबाट मोटरसाइकल जलेर नष्ट भएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार