मनसरोवर अब अमेलियामा पनि


अमेलिया ।
मानसरोवरले आफ्नो शाखा अमिलीयामा समेत विस्तार गरेको छ ।

तुलसीपुरका दुई स्थानबाट सेवा दिईरहेको होटल मानसरोवरले आफ्नो नयाँ शाखा अमिलियामा समेत विस्तार गरेको होटलका सञ्चालक दिनबहादुर जिसीले बताउनुभयो ।

तुलसीपुरको घोराही रोड र बरुवागाउँको वडा नम्बर ६ को कार्यालय नजिकै गरि दुई ठाउँबाट सेवा दिईरहेको होटलका सञ्चालक जिसीले करिब ५० लाखको लागतमा शाखा बिस्तार गर्नुभएको हो ।

सञ्चालक जिसीका अनुसार होटलमा नेपाली खानामा लोकल कुखुरा, खसी, लोकल माछालगाएतका परिकारका साथै खसी, लोकल कुखुराको सेकुवाका साथै लोकल माछाका बिभिन्न परिकार पाईने बताउनुभयो ।

त्यस्तै नेपालगञ्ज एरपोर्टदेखि दाङसम्म आउनलाई आरामदायी गाडीको ब्यबस्था रहेको समेत बताउनुभयो ।

उहाँले विदेशिरहेका युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन तथा तथा आफुहरु समेत रोजगार हुन होटलको शाखा विस्तार गरिएको बताउनुभयो ।

हाल उहाँले तिनवटा शाखामा गरि करिब २० बढिलाई रोजगारीसमेत प्रदान गरेको उहाँको भनाई छ ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस