
बि.सं २०८० भाद्र ९ र १० गते रूपन्देहीको भैरहवामा हुन गैइरहेको किवानिज नेपालको पाँचौ डिष्ट्रिक कन्भेन्सनमा सहभागीको लागिे आपसी सल्लाह र निधोअनुसार लर्ड बुद्धका साथीहरू तुलसीपुरबाट शनिवार बिहान ५ बजे प्रस्थान गराँै ।
बिहानै हाईस मेरो घर आयो सबै साथीहरूलाई फोन गर्दा सबै साथीहरूतयार भैइसक्नु भएको रहेछ । म बंशीकुमार शर्मा, नारायणी रजौरे, रणेन्द्र बिक्रम केसी, बिमल गौतम, प्रेम विवश घर्ती, खम्व वुढा सबैले लर्ड बुद्धको लोगो भएको भेष्ट लगाएर खुसि हुँदै यात्रा आराम्भ ग¥याँै । अरु साथीहरू बाटोमा आईसक्नु भएको थियो । वहाँहरूले हामीलाई अत्ताइरहुन भएको थियो ।
बेलझुण्डीबाट चुर्ण ओली चढ्नु भयो त्यसैगरी झिँगैबाट दामोदर बस्नेत ‘राकेश’ र उनकी श्रीमती बिमला, छोरा छोरी घोराही सम्मको लागी गाडिमा चढे, नारायणपुरबाट बसन्त श्रेष्ठ, घोराहीबाट सुशिला शाह, ललित पोख्रेल र रणेन्द्रका भिनाजु सहित कपिलबस्तुका विभिन्न मनोरम दृष्यहरूको अवलोकन गर्दै भगवानगौतम बुद्धको जन्मस्थलमा पूजाआजा गर्ने र क्लवको कन्भेन्सनका लागि सहयात्रामा निस्क्यौँ ।
झोला बोकेर हाइस गाडीमा चडेर बिहानै तुलसीपुर बजारबाट रूपन्देही, कपिलबस्तु जाँदै तराईको तातो बाफमा तात्तिदै त्यहाँका मनोरम दृष्यको अवलोकन गर्दै बिहानको ९ बजेतिर दाङको मुसोट फोटो खिच्यौ साथीहरुले टिकटक बनाउनु भयो । एकछिन भएपनि बनजंगल, हरियालीको आन्नद लिएर दाङ उपत्यकालाई नियाल्ने अवसर मिल्यो त्यहाँवाट बिमल गौतमले लमहीमा चियानास्ता खाने प्रस्ताव राखेकाले सबैले जेरी पुरी तरकारी खायौ ।
कार्यक्रम निर्वाचन प्रकृया गए पछि जितहार स्वभाबिकै हो दुवै सझम ब्यक्ती हुँदाहुँदै पनि एक जनाले जित्नु सामान्य प्रकृया हो । क्लवको बिधान अनुसार किवानिज ईन्टरनेशनल नेपालको वर्ष २०२३ –२४ का लागि आगामी अक्टोबर १ देखि कार्यभार समाल्ने छन् । गर्भनरमा तीर्थ कुमार सिंह गर्भनर इलेक्टमा कृष्ण प्रसाद ज्ञावालीपहिले नै चयन भैइसकेका थिए भने भाईस गर्भनरका लागि मतदान भएको थियो । त्यस पदमा डा.रामशरण थपलिया निर्वाचित हुन सफल भए ।
गाडीका चालक रामु चौधरीले गाडीमा लोकगीत लगाइ दिएर हाम्रो यात्रामा अझ रमाइलो थपि दिन्छन । हाम्रो सहयात्री स्वयम लोक गायक प्रेम विवश घर्ती भएकाले वहाँले समुधर स्वरमा बुद्ध जन्मे नेपाल मै भन्ने गित गाउँदै रमाईलो गर्दै शिवनगरमा फेरी टिकटक बनाएर चनौटामा भेटिएका ट्रार्फीकले कृष्णनगर बहादुरगञ्जको बाटो जाँदा धेरै राम्रो छ भन्ने सल्लाह दिएकोले त्यहि बाटोबाट कपिलबस्तुको सदरमुकाम तौलीहवा हुँदै कपिलबस्तु गयाँै ।
वास्तवमा हाम्रो लागि त्यो बाटो नयाँ थियो तर धेरै राम्रो रहेछ । तौलीहवा राणाकालिन समयमा तराईको ठुलो प्रशासनिक ईकाई हो । राणाहरुले मुद्धामामिला फैसलागर्ने, कर उठाउने प्रशासनिक ईकाई राखेका थिए त्यँहा बस्ने मुख्य कर्मचारीलाई बढाहाकिम भनिथ्यो । कपिलबस्तुको सदरमुकाम तौलिहवा बजारलाई छिचोल्दै भगवान गौतम बुद्धको जन्मस्थल कपिलबस्तु ११ः३० बजे पुग्यौँ । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी हिन्दू र बौद्धमार्गीको लागि ठुलो तीर्थस्थल हो ।
हिन्दूशास्त्रहरुमा भगवान् बिष्णुका दशअवतार मध्ये नवौ अवतार गौतम बुद्धहुनभन्ने उल्लेख गरिएको छ । गौतम बुद्धको बास्तबिकनाम सिद्धार्थ गौतम थियो। बालक सिद्धार्थको जन्मभएको ७ दिनपछि सौतेनी आमा गौतमीले पालनपोषण गरेको हुनाले सौतेनी आमाको नामबाट बालकको नाम गौतम पनि रहन गएको हो । गौतम बुद्धको जन्मईशापूर्व ५६३ बैशाख शुक्ल पूर्णिमाको दिन लुम्बिनी ल्हुङ्गबेनीमा भएको थियो । सिद्धार्थ गौतमका बाबु शुद्धोदन तत्कालीन तिलौराकोट राज्यमा शाक्य वंशका राजाथिए । यिनकी आमाको नाम मायादेवी थियो ।
सिद्धार्थ संसारमा व्याप्त दुःखको कारण र त्यसको निवारणको खोजीको लागी २९ वर्षको उमेर गृह त्याग गरी सात वर्षसम्म कठोर तपस्या पश्चात् भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको बृक्ष मुनि अधिष्ठान पूर्वक ध्यान गर्दा गर्दै उहाँलाई ज्ञान प्राप्त भयो र त्यसपछि उहाँलाई सम्यक सम्बुद्ध भनेर चिनिन थाल्नु भयो । त्यसपछि उहाँले नेपाल र भारतकाविभिन्न ठाउँ पुगीदुःख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न लागिपर्नु भयो उहाँको मृत्यु भारतको कुशीनगरमा ईशापूर्व ४८३ को बैशाख शुक्ल पूर्णिमाको दिनमा अर्थात जन्मदिनमा नै भएको थियो ।
उहाँले ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गर्नु भएको हो । हामिले बुद्धको जन्मभएको शीलाको दर्शन ग¥यौ । भारतका सम्राट अशोकले बुद्धको जन्मस्थलमाठडिएको अशोक स्तम्भको दर्शन गराँै । अहिलेसम्म ईतिहासको रुपमा ठडिएको स्तम्भमा पालि भाषामा लेखिएको रहेछ । यस स्तम्भले ईतिहास, धर्म संस्कृति सहिष्णुताको ज्वलन्त उदाहरण बनेर रहेको छ । दियो, तलाउ, मन्दिर सवैक्षेत्रको दर्शन ग¥यौँ । नेपालीभारती र बिदेशी धर्मालम्वीहरु आएका थिए ।
शान्तमनोरम्म ठाउँमा अवस्थित भगवान गौतम बुद्धको जन्मस्थलमा हामी सबैले फोटो खिच्यौँ । लुम्बिनीबिकास कोषले ब्यबस्थापन राम्रै गरेको रहेछ । सुबिधाको लागि पनि शौचालय, यातायतको व्यवस्था राम्रै रहेछ । त्यँहाबाट बाहिर निस्के पछि क्लवका कोषाध्यक्ष बसन्त श्रेष्ठले केहि खाएर जाऊँभन्ने प्रस्ताव राखेकोले गेट कै नजिकमा रहेको रेष्टुरेण्टमा बिहानको खाना खायौँै । भगवान् गौतम बुद्धकै चर्चा गर्दै कार्यक्रमहुने स्थान भैरहवाको बोधि रेडिसन होटलमा चार बजेतिर पुग्यौँ । सबै साथीहरु आईसकेका रहेछन् । हाम्रो क्लवका चुडामणि न्यौपाने पहिलै नै आईसक्नु भएको रहेछ ।
आयोजक क्लवले हामी सबैको रजिष्ट्रेशन गरि एकएक वटा झोला र कोठाको चाबिदिए । कार्यक्रमको उद्घाटन सत्र ५ बजे देखि सुरु हुने र प्रमुख अथिती लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र किवानिज इन्टरनेशनलका ASPAC Chair Ms. Belle Gracia थिईन, त्यसैगरी मेयर रामचन्द्र खाण लगायतका पाहुनाहरु आईरहेकाथिए । हामीपनिकोठा गएर झोला राखि फ्रेसभएर कार्यक्रम हलमा आईपुग्यौँ । गेट, हल सबै क्षेत्रमा क्विानिज क्लबले सचि सच्चाउ बनेको थियो ठिक ५बजे कार्यक्रम सुरु भयो । कार्यक्रममा स्वागत गित बजाएर सुरु भयो । किवानिज क्लवको परम्परा अनुसार उद्घाटन भएर अघाडि बढ्यौँ ।
उक्त उद्घाटन सत्रमादाङको लर्ड बुद्धका सदस्य तथा गायक प्रेम विवश घर्तीले देशभक्ति गित गाएर कार्यक्रमको रौनक समेत बढाएका थिए भने अन्य कलाकारहरुले पनि सांगितिक प्रस्तुती राखेर मनोरञ्जन दिएकाथिए। सांगितिक प्रस्तुतीले सभा हल गुञ्जायमान भयो सबै साथीहरु उठेर लयमा लय मिलाउदै तालि बजाउँदै अथिति लगायत सबै सहभागिहरु नाँच्न सुरु गर्नु भयो वास्तवमा त्यो समय अति रोमाञ्चित थियो । राती ९बजे उद्घाटन सत्र समापनभयो र डिनर खाएर आ–आफ्नाकोठामा गयौँ ।
भोली पल्ट नेतृत्व चयन गर्ने कार्यक्रम भएकोले उम्मेदवारहरु आफ्नो पक्षमा मत पार्नलाई साथीहरुलाई भेटघाट गर्ने कार्यलाई तिव्रता दिएका थिए । हामीचाहि साथीहरु संग चिनापर्चि गर्दै राति ११ बजे सुत्नगयो भोलीपल्ट १० गते बिहानको नित्यकर्म गरि बे्रकफास्ट गरेर कार्यक्रमको सभाहलतिर गयौँ त्यँहा झन उम्मेदवारहरुले आ–आफ्नो तरिकाले ब्रोसरहरु बाडि रहेका थिए ।
कार्यक्रम निर्वाचन प्रकृया गए पछि जितहार स्वभाबिकै हो दुवै सझम ब्यक्ती हुँदाहुँदै पनि एक जनाले जित्नु सामान्य प्रकृया हो । क्लवको बिधान अनुसार किवानिज ईन्टरनेशनल नेपालको वर्ष २०२३ –२४ का लागि आगामी अक्टोबर १ देखि कार्यभार समाल्ने छन् । गर्भनरमा तीर्थ कुमार सिंह गर्भनर इलेक्टमा कृष्ण प्रसाद ज्ञावालीपहिले नै चयन भैइसकेका थिए भने भाईस गर्भनरका लागि मतदान भएको थियो । त्यस पदमा डा.रामशरण थपलिया निर्वाचित हुन सफल भए ।
दाङ आउनु पर्ने भएकोले कार्यक्रम समापनन हुँदै बेलुका ६ बजेतिर दाङको लागि प्रस्थान ग¥यौँ । पाँचौ डिष्ट्रिक कन्भेन्सनले नेपालमा भएका १२५ क्लबमा हाम्रो क्लवलाई पनिउत्कृष्ट क्लबमा सम्मान गरेको र लुम्विनी अंकित बुद्धको फोटो अंकित मायाको चिनो दिएको डिष्ट्रिक गर्भनर लक्ष्मण लम्सालले फोन मार्फत हामीलाई जानकारी गराउनु भयो र प्रमाणपत्र र मायाको चिनो युनिक क्लवका सदस्य शंकर भट्टराई मार्फत पठाईदिएको जानकारी समेत गराए पछि हामी खुसि हुँदै आगामी क्लवका योजनाका बारेमा छलफल गर्दै चनौटामा नास्ताखाएर छिटै बैठक बस्ने सहमतिगर्दै राति १२ः३० बजेतीर दाङ तुलसीपुर आईपुगेका थियौ । दुईदिनको यात्रामा धेरै अबिस्मरणीय क्षणहरु मुटुमा सजिएका छन् भने भगवान् गौतम बुद्धको दर्शन पूजाआजा गर्न पाएकोमा मन खुसिले प्रफुल्लित भएको छ ।
लेखकः किवानिज क्लव अफ लर्डवुद्ध, दाङका अध्यक्ष हुनुहुन्छ ।