चोरी मुद्धाका फरार प्रतिवादी घोराहीबाट पक्राउ


घाेराही । 
दाङमा चोरी मुद्धाका एक जना फरार प्रतिवादी घोराहीबाट पक्राउ परेका छन् । प्रहरीले राजपुर गाउँपालिका ४ दुलैया बस्ने २२ वर्षीय संगम हरिजनलाई घोराही-१५ सहिदगेट नजिकैबाट पक्राउ गरेको हो । 

उनलाई दाङ जिल्ला आदलतले २०७९ साल पुस २४ गते चोरी मुद्धामा ३ महिना कैद र २५ हजार रुपैया जरिवानाको फैसला गरेको थियो ।

त्यसपछि फरार रहेका हरिजनलाई खोजतलास गर्दै जाँदा घोराहीबाट शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । 

पक्राउ परेका हरिजनलाई शुक्रबार नै जिल्ला अदालत दाङमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस