ज्यान मार्ने उद्योग मुद्दाका फरार एक प्रतिवादी पक्राउ


गढवा । 
दाङ प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

गढवा गाउँपालिका वडा नम्बर-४ का ३९ बर्षिय बिरेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । सर्वोच्च अदालत काठमाडौले २०७९ माघ १५ गते चौधरीलाई ज्यान मार्ने उद्योगमा ४ बर्ष ८ महिना २२ दिन कैद सजाय फैसला गरेको थियो । 

त्यसयता फरार रहेको चौधरीलाई खोजी गर्दै जाँदा बिहिबार गढवा गाउँपालिका वडा नम्बर ४ मा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।


चौधरीलाई पक्राउ गरि दाङ देउखुरी जिल्ला अदालत घोराही बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस