काठमाडौं ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनबाट प्राप्त हुने कुनैपनि प्रलोभनबाट सावधान रहन अनुरोध गरेको छ ।
फेसबुक, भाइबर, इमो, ह्वाट्स एप, इन्स्टाग्राम, टिकटक जस्ता विभिन्न सामाजिक सञ्जालका माध्यमबाट उपहार तथा पार्सल पठाएको, चिठ्ठा परेको, बैंक तथा वालेटको कर्मचारी हुँ भनी ओटीपी कोड माग्ने, डलर देखाइ नेपाली पैसा साट्ने, विदेश पठाउने बाहानामा ठगी गर्ने कार्य बढीरहेको जानकारी गराउँदै त्यस्ता झुटा आश्वासन र प्रलोभनयुक्त गैरकानुनी कार्यप्रति सावधान रहन अपराध अनुसन्धान कार्यालयले यस्तो अनुरोध गरेको हो ।
त्यस्ता प्रकृतिको अपराधबाट बच्नका लागि व्यक्तिगत विवरण, बैंक विवरण, ओटीपी कोड, पीन कोड जस्ता सुरक्षा सम्बन्धि कोड कसैलाई पनि नदिन कार्यालयले अनुरोध गरेको हो ।
प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार