
दाङ ।
दाङमा अझै पनि १८ हजार बढी बालबालिकाको जन्मदर्ता नभएको पाइएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार दाङमा जम्मा एक लाख १५ हजार चार सय ५४ जना बालबालिका नौ वर्षमुनिका रहेका छन् । जनगणनाको तथ्याङ्कअनुसार १८ हजार एक सय ३६ जना बालबालिकाको जन्मदर्ता नभएको हो ।
जिल्लामा ४७ हजार ८३ जना बालबालिकाको मात्रै जन्मदर्ता भएको छ । दश पालिकामध्ये घोराही उपमहानगरपालिकामा सबैभन्दा धेरै बालबालिका जन्मदर्ताबाट बञ्चित रहेको तथ्याङ्कले देखाएको छ ।
घोराहीमा छ हजार चार सय २७ जना बालबालिकाको जन्मदर्ता हुन बाँकी रहेको छ । १२ हजार ६ सय २२ जना बालबालिकाको जन्मदर्ता भएको छ ।
यस्तै तुलसीपुर उपमहानगर-पालिकामा पनि तीन हजार नौ सय १५ जना बालकालिकाको जन्मदर्ता नभएको पाइएको छ । १३ हजार एक सय ४३ जना बालबालिकाको जन्मदर्ता भएको तथ्याङ्कले देखाएको हो ।
यस्तै लमही नगरपालिकामा एक हजार छसय २८, दंगीशरण गाउँपालिकामा छसय ४१, शान्तिनगर गाउँपालिकामा छसय ५५, बबई गाउँपालिकामा आठ सय ३३, बंगलाचुली गाउँपालिकामा नौ सय ४० जना बालबालिकाको जन्मदर्ता नभएको पाइएको हो ।
त्यसैगरी राप्ती गाउँपालिकामा एक हजार दुई सय सात, गढवा गाउँपालिकामा नौ सय ४८ र राजपुर गाउँपालिकामा नौ सय ३५ जना बालबालिका जन्मदर्ताबाट बञ्चित रहेको तथ्याङ्कले देखाएको हो ।
सबै बालबालिकाको जन्मदर्ता नहुनुको कारण सचेतनाको अभाव भएको सरोकारवालाहरूको भनाइ छ ।