बेवारिसे अबस्थामा  बुलेट बाइक फेला


तुलसीपुर ।
दाङको तुलसीपुर ६ हात्तीखौवाको सोतामा एउटा बेवारिसे अबस्थामा बुलेट मोटरसाईकल फेला परेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार रा ८ प १७२१ नम्बरको उक्त मोटरसाईकल तुलसीपुर १० गौरीगाउँका २४ बर्षिय पुणर्बहादुर केसीको रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त मोटरसाईकल हिजो बेलुका केसीले छाडेर गएको हुनसक्ने बताउनुभयो । तर मोटरसाईकल के कति कारणले त्यहाँ फालिएको हो भन्ने एकिन भईनसकेको उहाँले बताउनुभयो ।

आज बिहान करिब ७ बजेतिर स्थानियले उक्त मोटरसाईकल देखेपछि प्रहरीलाई खबर गरेका हुन् । मोटरसाईकल के कारणले त्यहाँ फालिएको हो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस