दिवसको अवसरमा शिक्षक गुप्तासहित दाङका १४ जना सम्मानित हुने


तुलसीपुर ।
राष्ट्रिय शिक्षा दिवसको अवसरमा राष्ट्रिय शिक्षा पुरस्कारबाट तुलसीपुर १७ को दिपेन्द्र माविका प्रधानाध्यापक रुपेश गुप्ता सहित १४ जना जना व्यक्ति सम्माानित हुने भएका छन् ।

दिवसको अवसरमा शिक्षा मन्त्रालयले प्रकाशित गरेको नामावली अनुसार दाङको तुलसीपुर १७ मा रहेको दिपेन्द्र माविका प्रधानाध्यापक गुप्ता सहित १४ जना सम्मानित हुने भएका हुन् ।

नामावली अनुसार तुलसीपुर निवासी शिक्षक गुप्ता लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये दाङबाट छनौटमा परेर सम्मानित हुन लाग्नुभएको हो ।

यस्तै सरकारले बिभुषित तथा सम्मानित गर्ने बिभिन्न बिधाका नौ सय ६३ जनाको सुचिमा नेपाल विद्याभुषण क, ख र ग लगाएतका शिर्षकमा गरि दाङका करिब १४ जना सम्मानित हुने भएका हुन् ।

प्रकाशित मिति : २०८० असोज २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस