
तुलसीपुर ।
बैंकिङ कसुरमा पक्राउ परेका यज्ञबहादुर केसी जेल चलान भएका छन् ।
तुलसीपुर १० गौरीगाउँका ३६ बर्षीय सिभिल इञ्जिनियर केसीलाई सर्बौच्च अदालतले २०७९ साल माघ ४ गते बैंकिङ कसुर मुद्दामा साढे १४ लाख जरिवाना फैसला सुनाएको थियो ।
अदालतको फैसला अनुसार केसीले जरिवाना बराबरको बिगो रकम समेत गरि २९ लाख तिर्नु पर्ने छ ।
जिल्ला प्रहरी प्रबक्ता जनकबहादुर मल्लले भदौ ३० गते घोराही उपमहानगरपालिका १५ हिलटन होटेलमा लुकिछिपी बस्दै आएका केसीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
इञ्जिनियर केसीलाई पक्राउ पछि प्रहरीले भदौ ३१ गते अदालतमा पेश गरेको थियो ।
अदालतको आदेशले सोही दिन केसीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रबक्ता मल्लले जानकारी दिनुभयो ।
अदालतलले तोकेको २९ लाख रकम बुझाएमा केसी जेल मुक्त हुने छन् ।
प्रकाशित मिति : २०८० असोज १ गते सोमवार