जिल्ला अस्पताल सल्लेमा ब्लड बैंक स्थापना हुने


रुकुम पश्चिम ।
बिरामीहरुलाई रगतको सहज ब्यवस्थाका लागि जिल्ला अस्पताल सल्लेमा ब्लड बैंक स्थापना हुने भएको छ । ग्रेस मिसन, सिंगापुरको आर्थिक सहयोग तथा रुपान्तर नेपालको साझेदारीमा मुसिकोट नगरपालिका सँग भएको सम्झौता अनुसार जिल्ला अस्पताल सल्लेमा ब्लड बैंक स्थापना हुन लागेको हो ।

ब्लड बैंक स्थापनाको लागि आवश्यक सामाग्रीहरु मुसीकोट नगरपालिकालाई उपलब्ध गराइएको रुपान्तर नेपालका अध्यक्ष मुकुन्द शर्माले जानकारी दिनुभयो ।

३० लाखको ब्लड बैंकलाई आवश्यक सामाग्रि प्राप्त भएको मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो ॥

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस