मावि खाद्रेको अन्तिम नतिजा


तुलसीपुर  ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ मा रहेको जनश्रम माध्यमिक विद्यालय खाद्रेमा विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको नतिजा सार्वजनिक भएको छ ।

आज भएको निर्वाचनमा कलसिंह रावत १ सय १४ मतका साथ विजयी हुनुभएको छ । त्यस्तै बमबहादुर खड्का १ सय १६ मतका साथ विजयी हुनुभएको छ । त्यस्तै यशोदा वली १ सय १२ मतका साथ विजयी हुनुभएकाे छ । त्यसैगरि राधा घर्तीले १ सय ११ मत प्राप्त गरि विजयी हुनुभएको हो ।

त्यस्तै रेमन्तबहादुर घर्तीले ९०, चेतप्रसाद भुषाल ९०, जानकी बुढा ९१ र प्रदेशनि चौधरीले ९३ मत प्राप्त गर्नुभएको हो ।

कुल दुईसय ९८ मतदातामध्ये दुईसय १६ मत खसेको र ४ म तबदर भएको निर्वाचन समितिका संयोजक माधव भट्टराइले जानकारी दिनुभएको हो ।

आकांक्षी धेरै भएको र सहमती जुट्न नसकेपछि निर्वाचन भएको हो । अब निर्वाचित सदस्यबाट एक जना अध्यक्षमा चयन हुने प्रक्रिया छ ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस