६५ वर्षीया महिला बलात्कृत एक जना पक्राउ


शान्तिनगर । दाङमा ६५ वर्षीया महिला बलात्कृत भएकी छन् ।

बलत्कारको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले शान्तिनगर गाउँपालिका-१ बनखेतका ५३ वर्षीय कुलबहादुर विकलाई पक्राउ गरेको हो ।

एकजना वृद्ध महिलालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस