ग्यास लिक भई आगलागी हुँदा आमाछाेरीकाे मृत्युु


सल्यान ।
सल्यानमा ग्यास चुलो लिक भएर आगलागी हुँदा एकैघरका आमा छोरीको मृत्युु भएको छ ।

सल्यानको त्रिवेणी गाउँपालिका २, धामिढुंगा आगलागीमा परेर दुईजनाकाे मृत्यु भएकाे छ ।  शुक बहादुर थापाको घरमा ग्यास चुलोबाट सल्किएको आगलागीमा परि ३२ वर्षीया रेवती थापा र उहाँकी ९ महिने छोरी ऋतु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हिजो साँझ खाना खाएर सुतेका आमाछाेरि  बिहान अबेरसम्म नउठेपछि स्थानीयले ढोका खोलेर हेर्दा जलेको अवस्थामा फेला पारेकाे प्रहरीले जनाएको छ ।
ग्यास चुलोको आगोबाट सुति रहेको बिस्तारामा आगो सल्किन गई जलेर उनिहरुको मृत्यु भएको स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले बताउनुभयाे ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस