राजस्व कार्यालय तुलसीपुरका अधिकृत २६ लाख नगदसहित पक्राउ, अर्का कर अधिकृत फरार


तुलसीपुर  ।
नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।

नेपालगन्ज विमानस्थलको सुरक्षा खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको हो । सापकोटा बिहान ८ः४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं जाँदै थिए ।

सापकोटासँगै अर्का कर अधिकृत दिपक पौडेल फरार रहेको डिएसपी डाँगीले बताउनुभयो । फरार रहेका पाैडेलकाे खाेजी कार्य जारी रहेकाे उहाँले बताउनुभयाे । घटनाको बारेमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस