तुलसीपुर । राष्ट्रिय निजि तथा आवासिय बिधालय एसोसियसन नेपाल ( एन प्याबसन ) का केन्द्रिय अध्यक्ष पाण्डव हमालले सरकारले आफूहरुसंग गरेको १० बुंदे सहमतिको अवमूल्यन गरेमा शिक्षकहरु चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।
शुक्रबार दाङको तुलसीपुरमा नेशनल प्याब्सन दाङको छैठौं जिल्ला अधिवेसन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूहरुले उठाएका मुद्धाहरुलाई स्थापित गर्नको लागि कुनै पनि कुराबाट नहट्ने समेत बताउनुभयो ।
उहाँले यसअघि सरकारले एकलौटी रुपमा शिक्षा विधेयक पारीत गर्न खोजी रहेको भन्दै आन्दोलन गरेपछि सरकारले आफूहरुसँग १० बुँदे सहमति गरेको पनि उल्लेख गर्नुभयो । उहाँले देशभर रहेका निजी विद्यालयहरुको अरबौँको लगानी गरेको र आफूहरुले समय र जीवन पनि यसैमा खर्च गरेको भन्दै एन प्याव्सनले विद्यालय र विद्यार्थी केन्द्रित कार्यक्रम ल्याएको भन्दै यो कुरालाई अबमूल्यांकन नगर्न समेत उहाँले चेतावनी दिनुभयो ।
यस्तै हिजो मात्र फेरि सरकारले शिक्षा विद्येयक आफूहरुसँग गरेको सहमति अनुसार नभइ पहिलेको जस्तै गरी अगाडि बढाउन खोजेको भन्ने सुनेको भन्दै उहाँले अब आफूहरु चुप लागेर नबस्ने समेत बताउनुभयो । उहाँले भोलि नै सरकारसंग छलफल गर्ने समेत बताए ।
उहाँले अब शिक्षकहरु सहज रुपमा सिंह दरबार आउने नआउने र कलमका माध्यमबाट मुलुकलाई समृद्धि दिने हातहरुमा अलग तरिकाबाट आन्दोलनमा जादा मुलुकको दुर्भाग्य हुने समेत बताउनुभयो ।
त्यस्तै उहाँले यसअघि विचार र सांगठनिक लडाई लडेको भन्दै यदि सरकारले आफूहरुको मागलाई सम्बोधन गर्न बलमिच्याइ गरेमा देशभरका विद्यालयहरु एकजुट भएर आन्दोलन गर्न बाध्य हुने समेत बताउनुभयो ।


