तुलसीपुरमा डिएपी मलको बोरामा युरिया फेला !


तुलसीपुर।
 तुलसीपुरमा रासायनिक मल डिएपीको बोरामा युरिया मल फेला परेको छ । तुलसीपुर-१६ फचकलुवामा रहेको पिपल चौतारी कृषि सहकारी संस्थाले कृषि सामाग्रि कम्पनि लिमिटेड तुलसीपुरबाट लगेको डिएपी मलको बोरामा युरिया फेला परेको हो । 

कम्पनिबाट दुईदिन अघि खरिद गरेको मल बिहिबार (आज) सहकारीले ग्राहकलाई बिक्रि गर्दा फेला डिएपी मलको बोरामा युरिया फेला परेको संस्थाका सचिव यज्ञमुर्ती गौतमले बताउनुभयो । 

सहकारीले बिहिबार बिहान बिक्रि गरेको ६८ बोरा डिएपी मलमध्येमा एउटा डिएपी मलको बोरामा युरिया फेला परेको उहाँले बताउनुभयो । 

‘हामीले दुईदिन अघि कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुर शाखाबाट ल्याएको मल आज वितरण गरेका थियौँ ।’ उहाँले भन्नुभयो-‘जम्मा ६८ बोरा डिएपी मल वितरण गर्दा एकजना किसानले लगेको डिएपी मलको बोरामा युरिया फेला परेको हो ।’

किसानले युरिया फेला परेको मलको बोरा सहकारीमै फिता गरेको उहाँले बताउनुभयो । ‘डिएपी मलमा युरिया फेला परेपछि ति किसानले मल सहकारीमै फिर्ता ल्याउनुभयो’ उहाँले भन्नुभयो-‘त्यो मलको बोरा अहिले सहकारीमै सुरक्षित किसिमले राखेका छौ ।’

कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुर शाखाका निमित्त प्रमुख कृष्ण प्रसाद खनालले कुनै प्राबिधिक त्रुटिका कारण त्यो भएको हुनसक्ने बताउनुभयो । ‘हाम्रो शाखामार्फत त्यस्तो कुनैपनि त्रुटि भएको छैन् ।’ उहाँले भन्नुभयो-‘केन्द्रबाट पठाउदा कुनै त्रुटि भयो होला, के रहेछ हामीले सम्बन्धित सहकारी संस्थामा सम्पर्क गरेर तुरुन्तै बुझ्छौ ।’

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस