सरकारी संरचनाको अनुगमन गर्दै मुख्यमन्त्री चौधरीको भने : ”कार्यालय व्यवस्थापनमा जुटनुस”

तुलसिपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुरमा रहेका सरकारी संरचनाको अनुगमन तथा निरिक्षण गरेका छ्न । मुख्यमन्त्री चौधरीले बुधवार सामाजिक विकास डिभिजन कार्यालय स्थानान्तरण गरेको क्षेत्र शिक्षा तालिम केन्दको पूर्वाधार, यातायात व्यवस्था कार्यालय दाङको कार्यालय सार्ने निर्णय भएको गाइडरको सरकारी पूर्वाधार लगायत अन्य सरकारी संरचनाको निरीक्षण गरेका छ्न ।

डिभिजनको साविकको कार्यालय यातायात व्यवस्था कार्यालयललाई दिने र त्यहाँ रहेको सामाजिक विकास डिभिजन कार्यालय शिक्षा तालिक केन्द्रको पूर्वाधारमा सार्ने प्रदेश सरकारको निर्णय पछि मुख्यमन्त्री चौधरीले त्यस क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका हुन । शिक्षा तालिम केन्द्र, सामाजिक विकास डिभिजन रहेको कार्यालय क्षेत्रको निरीक्षण र अनुगमन गर्दै मुख्यमन्त्री चौधरी कार्यालय व्यवस्थापनको काममा जुटन सरकारी निकाय र पूर्णरुपमा सहयोग गर्न स्थानीयहरुलाई निर्देशन दिएका छ्न । स्थानीय सरोकारवालाहरुको सहभागितामा गरिएको निरीक्षण र अनुगमनमा पूर्वाधारहरुमा केहि मर्मत सम्भारको आबश्यकता देखिएकोले त्यसको समेत व्यवस्थापन गरेर समयमै कार्यालय स्थानान्तरण हुनु पर्ने बताए ।

स्थानीयहरुले सरकारले सहि निर्णय गरेको भन्दै, सरकारको निर्णयमा पूर्णरुपमा सहयोग र सहकार्य गर्ने बताएका थिए । मुख्यमन्त्री चौधरीले तुलसीपुरमा रहेका अन्य केहि सरकारी संरचनाको समेत निरीक्षण र अनुगमन गरेका हुन । उनले प्रयोगमा नआएका तथा कम प्रयोग भएका सरकारी संरचनाको व्यवस्थापन र सदुपयोग सरकारले गर्ने बताए ।

प्रकाशित मिति : २०८० भाद्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस