डेढलाख बढी नगदका साथ बस्नेत फरार, सम्पर्कमा आउन श्रीमानको आग्रह


दाङ । 
डेढलाख बढी नगद लिएर दाङकी कमला बस्नेत फरार भएकी छन् । शान्तिनगर गाउँपालिका वडा नम्बर ७ बुराडाबरकी ४६ वर्षिय बस्नेत दुई महिना अघिदेखि  सम्पर्कबिहिन भएकी हुन् ।   

असार १० गते श्रीमानलाई भेट्न भारत जाने क्रममा बाँकेबाट सम्पर्कबिहिन भएको परिवारले जनाएको छ । काठ्माण्डौमा रहेका छोरालाई भेटेर भारत फर्कने क्रममा सम्पर्कबिहिन भएको श्रीमान प्रेम बहादुर बस्नेतले बताउनुभयो । 

दुवै जना रोजगारीको शिलाशिलामा भारतमै बस्थे । जेठ महिनातिरमात्रै भारतबाट श्रीमानसंग एक लाख भारतीय रुपैँयासहित नेपाल आएकी कमला सम्पर्क बिहिन भएपछि श्रीमान प्रेमले खोजिका लागि पहल गरिदिन सबैमा अनुरोध गर्नुभएको छ । 

उहाँले श्रीमती भोजपुरका सम्भु अधिकारसंग गएको हुन सक्ने बताउनुभयो । एक वर्ष अघि पनि ति व्यक्तिसंगै गएको र पछि फेरि सम्पर्कमा आएपछि आफुले स्विकार गरेको उहाँले बताउनुभयो । अहिले फेरि सम्पर्क बिहिन भएपनि श्रीमती सम्पर्क आए स्विकार गर्ने उहाँको भनाई छ । 

जग्गा जमिन पनि श्रीमतीकै नाममा भएकाले झनै समस्या भएको उहाँले बताउनुभयो । करिब एक करोड भन्दा बढीको जग्गा जमिन श्रीमतीकै नाममा भएकोेे तर श्रीमती सम्पर्क बिहिन भएपछि समस्या भएको उहाँको भनाई छ । श्रीमतीको खोजिका लागि सहयोग गरिदिन उहाँले अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस