
दाङ ।
पश्चिम दाङको बबई गाउँपालिका वडा नम्बर २ मा बाघको आक्रमणबाट १३ वटा खसी बाख्रा मरेका छन् ।
बबई गाउँपालिका वडा न २ माथिल्लो ट्वाङखोला जरेवास निबासी शुसिला खत्रीका ७ वटा खसी बाख्रा र छविलाल खत्रीका ६ वटा गरि जम्मा १३ वटा खसी बाख्रा बाघले मारेको स्थानिय कमला दर्लामीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार घर नजिकैको खरकट्टीमा चराउन लगेका बाख्रालाई मंगलवार दिउसो करिव ३ वजेतिर बाघले आक्रमण गरेको हो ।
नजिकै जंगल भएकाले त्यस स्थानमा पटक पटक बाघले खसिबाख्रा खाने गरेको छ । यसपटक पनि दुई घरका खोर रित्तिने गरि बाघले खसि बाख्रा खाईदिएपछि ठुलो क्षती भएको वडा न २ का वडा अध्यक्ष टेक बहादुर ओलीले जानकारी दिनुभयो ।
बाघले खोरै रित्तिने गरि खसी बाख्रा मारेर क्षेती भएपछि गाउपालिकाबाट राहतको आशा गरेको पीडित शुसिला खत्रीले बताउनु भयो ।
प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार